होमपेज > काभ्रेमा पहिरो जाँदा ११ जना बेपत्ता

काभ्रेमा पहिरो जाँदा ११ जना बेपत्ता

बिज्ञापन
बिज्ञापन

काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा पहिरो जाँदा हालसम्म ११ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयले एकीकृत रुपमा उपलब्ध गराएको सूचनाअनुसार काभ्रेको पनौती, बनेपा, नमोबुद्ध नगरपालिकामा पहिरोले घर बगाएउँदा ११ जना सम्पर्कविहीन बनेका हुन्।

बिज्ञापन

पनौतीमा घर पुरिँदा एकाघरमा चारजना सम्पर्कविहीन भएका छन्। दुई दिनको अविरल वर्षापछि खसेको पहिरोले पनौती नगरपालिका वडा नम्बर ११ थुम्कीमा घर पुरिँदा ४ जना सम्पर्कविहीन भएका हुन्। उक्त स्थानमा पाँच जना ५ टोली परिचालन गरिएको छ। तर, खोला बढेका कारण घटनास्थलमा पुग्न कठिन भए प्रहरीले बताएका छन्।

बिज्ञापन

त्यस्तै वडा नम्बर १२ कोलाँतीमा पनि गोपाल तिमल्सिनाको घर पहिराले पुरिएको छ। उक्त घटनामा तीन जनालाई जीवितै उद्धार गरिएको र एक जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै पनौती नगरपालिका वडा नम्बर १२ कलाँतीमै घर पुरिँदा श्रीमान र श्रीमती बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। नमोबुद्ध नगरपालिका २ श्यामापाटीमा पनि पहिरामा परी दुई जना बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ।

बनेपा नगरपालिका वडा नम्बर १४ थालचोकमा पनि पहिराले घर बगाउँदा दुई जना बेपत्ता भएको प्रहरी चौकी साँगाले जानकारी दिएको छ। साँगाबाट नायब निरीक्षक रूपेश श्रेष्ठको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ परिचालन भइसकेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते