सांसद सूर्यबहादुर थापाले भारतीय नागरिकलाई भन्सार एजेन्टको रूपमा राखेका कारण बेथिति सिर्जना भएको बताएका छन्।
बिज्ञापन
उनले बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। ‘भारतीय नागरिकलाई भन्सार व्यवस्थापनको जिम्मा दिइएको छ,’ उनले भने, ‘जसलाई दिएको हो त्यो उपस्थित नभएर अर्कोलाई दिइएको छ।’
बिज्ञापन
साथै उनले भन्सार हुँदै दैनिक उपभोग्य वस्तु आयात नभएको तर खुलेआम अवैध आयात भएको समेत बताए । यसैगरी भारतले दशगजा क्षेत्रमा भारतले सीमा मिचेको तर सुरक्षक निकायले सुरक्षा नदिएको बताए।
‘दशगजा अहिले दशगजा रहेको छैन। कहीँ पाँच गजा कहीँ सात गजा देखियो,’ उनले भने, ‘दशगजा नेपालले बनाएको पुलसम्म मिच्दै ल्याएको छ। पुलको बिचमा दशगजा हो भनेको अवस्था छ। नेपाली भूमिमा भारतले पिप्रोन पुल निर्माण गर्न दिइएको छैन। यसमा सुरक्षा निकाय जिम्मेवार हुन पर्दैन रु’ यसैगरी जनकपुरको पिप्रोन पुल निर्माण गर्न नदिएको बताए।
बिज्ञापन








