होमपेज > प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालयको समग्र उन्नति एवं प्रगतिमा ‘कु’ गरेको आरोप

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालयको समग्र उन्नति एवं प्रगतिमा ‘कु’ गरेको आरोप

बिज्ञापन
बिज्ञापन

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका ७ विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा नीति तथा कार्यक्रम पेस गर्न नदिएको घटनाप्रति आपत्ति जनाउँदै प्रदर्शन गरेका छन् ।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालय सभा (सिनेट) को बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिएर राजनीतिक हस्तक्षेप गरेको ती विद्यार्थी संगठनको निष्कर्ष छ । विद्यार्थीहरूले क्याम्पसको गेटमा प्लेकार्ड प्रदर्शन पनि गरेका छन् । केन्द्रीयस्तरबाट तय गरिएको कार्यक्रम अनुसार अखिल क्रान्तिकारीलगायतका विद्यार्थीले देशव्यापी रूपमा मङ्गलबार त्रिविका आंगिक क्याम्पसहरूमा संयुक्त विरोध ब्यानर राखेको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको गेटमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर विश्वविद्यालयको समग्र उन्नति एवं प्रगतिमा ‘कु’ गरेको आरोप लगाइएको छ ।

बिज्ञापन

ती विद्यार्थी संगठनहरुले त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन समेत कार्यान्वयन नगरेको र दोषीलाई कारबाही नगरिएको, विद्यालय शिक्षा विधेयक २०८० को मूल मर्मलाई तोडमोड गरिएको आरोप पनि लगाएका छन् । उनीहरुले शिक्षा विधेयक संसदबाट तत्काल पारित गरी लागू गर्न माग समेत गरेका छन् ।

बिज्ञापन

आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनहरुमा अखिल (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, नेपाल, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल (छैटौँ) र अखिल नेपाल विद्यार्थी युनियन रहेका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते