काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बुधबार पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति हुने छैन।
बिज्ञापन
प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ। विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ।
बिज्ञापन








