पोखरा महानगरपालिकाले कोटिहोमका लागि काटिएको दाउरा जफत गरेको छ। लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा बुधबार महानगरले जफत गरेको हो।
बिज्ञापन
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरे जफत गरेको छ। मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो।
बिज्ञापन
पोखराको पर्यावरणमै असर पर्ने गरी रुख काटिएको भन्दै चौतर्फी आलोचना भएको छ। मेयर आचार्यले कोटिहोम नै गर्न नदिने चेतावनी दिएका छन्। फाउन्डेसनले पोखराको फेवाताल क्षेत्रमा २ महिनासम्म कोटी होम गर्ने तयारी गरेको छ।








