होमपेज > नबिल बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

नबिल बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।

बिज्ञापन

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड८० लाख नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

बिज्ञापन

यता, बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने ४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते