त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ।
बिज्ञापन
दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको हो। जसमा दुई जना महिलाको पनि आवेदन परेको छ। त्रिविमा पछिल्लो समय महिलाको आवेदन नपरेको विषय उठ्ने गरेको थियो।
बिज्ञापन
यसपटक डा. रमा पौडेल र डा. हुमा न्यौपानेको आवेदन परेको हो। त्यसैगरी आवेदन दिनेमा डा. पुष्पराज पौडेल, डा. मुक्तिराम पौडेल, डा. राम भजन मण्डल र डा. शम्भु शाहको आवेदन परेको हो। उनीहरूको अन्तर्वार्ता २७ माघमा हुनेछ।








