होमपेज > भ्रष्टाचार अन्त्य गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यक छ: मन्त्री गुरुङ

भ्रष्टाचार अन्त्य गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यक छ: मन्त्री गुरुङ

बिज्ञापन
बिज्ञापन

सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन्।

बिज्ञापन

भक्तपुरमा आज बुधबार आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन्। उनले भने, भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएको र यो अध्यादेश संसदबाट नै पारित गर्ने लक्ष्यका साथ आएको अध्यादेशले संसद्लाई छल्ने कुरा नआउने विचार व्यक्त गरे।

बिज्ञापन

कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताए। उनले विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेको बताए। मन्त्री सुब्बाले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने अभिमत व्यक्त गरे।

उनले धार्मिक, सांस्कृतिक सहिष्णुताका हिसाबले नेपाल सुन्दर मुलुक भएको तर केही अन लाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खलबल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी रहेको प्रस्ट पारे। उनले नेपालमा साइबर अपराध बढेकाले पनि त्यस्ता दुष्प्रवृत्ति नियन्त्रण विधेयकको आवश्यकता परेको चर्चा गरे।

बिज्ञापन

उनले आर्टिफिसियल इन्टिलिजेन्ससम्बन्धी सुझाव माग्न गइरहेको जानकारी पनि दिए। आइटीलाई र एआईलाई उद्योगको रूपमा विकास गर्न पनि ऐन, नियमको आवश्यकता परेको उल्लेख गरे।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते