राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ।
बिज्ञापन
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले बताए।
बिज्ञापन
साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन्। प्रवक्ता दाहालले आवश्यकता अनुसार सरुवा गरिएको बताए। उनले भने, ‘सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयको हो।’
अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ। नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले बताए। उनले भने, ‘छानबिनको तथ्य अनुसार थप प्रक्रिया अघि बढ्छ।’
बिज्ञापन
चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ। सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन्। उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवनमा हाजिर भएका थिए।








