होमपेज > खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई भने- खुसीसाथ धरान फर्कनु

खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई भने- खुसीसाथ धरान फर्कनु

बिज्ञापन
बिज्ञापन

खानेपानी मन्त्री प्रदीप यादव र धरानका मेयर हर्क साम्पाङबीच मंगलबार सिंहदरबारमा कुराकानी भएको छ।

बिज्ञापन

धरान उपमहानगरपालिकाभित्रको खानेपानी समस्या समाधान गर्न मागसहित मेयर साम्पाङ खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवसँग भेटवार्ता गरेका थिए। खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन

‘आज धरान उपमहानगरका मेयर हर्क साम्पाङजी धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालयमा उपस्थित हुनुभयो। खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरले लिनेछ,’ मन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैं सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।’

साथै मन्त्री यादवले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता आफूले व्यक्त गरेको बताएका छन्। ‘मेयर हर्क राईजीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसाथ धरान फर्कन आग्रह गरेँ, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनुभयो,’ उनले भनेका छन्।

बिज्ञापन

मेयर साम्पाङ सोमबार काठमाडौं आएका थिए। उनी मंगलबार सिंहदरबार गएका छन्। खानेपानी मन्त्री भेटेका उनले अर्थ र प्रधानमन्त्री भेट्ने तयारी गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते