राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी दोस्रो कार्यकालको राष्ट्रपतिको सपथ ग्रहण गरेसँगै समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।
बिज्ञापन
मंगलबार राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा ट्रम्पलाई बधाईका साथ सफल कार्यकालको शुभकामना दिएका हुन्।
बिज्ञापन
उनले अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल र अमेरिका दुई देशबीचको सम्बन्ध अझ बलियो हुने विश्वास समेत व्यक्त गरे।








