प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका छन्।
बिज्ञापन
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन्।
बिज्ञापन
‘सम्माननीय प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपतिज्यूको मिति २०८१/१०/०७ को निर्णयअनुसार काठमाडौं विश्वविद्यालय कार्या व्यवस्था नियम, २०४९ को परिच्छेद– ५ को दफा ५.४ को खण्ड (ट) बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि उपकुलपतिबाट गरिने सम्पूर्ण काम तपाईंलाई सुम्पिएको व्यहोरो अनुरोध छु,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
उपकुलपति भोला थापाको कार्यकाल आइतबार सकिएको थियो। नयाँ उपकुलपति चयनको प्रक्रिया विभिन्न कारणले अल्झिरहेका बेला प्रधानमन्त्रीले वाग्लेलाई कायममुकायमको जिम्मेवारी दिएका हुन्। प्राध्यापक अच्युत वाग्ले यसअघि २ असोज २०७९ मा काठमाडौ विश्वविद्यालय ऐनको दफा १५९१० अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा रजिष्ट्रार नियुक्त भएका हुन्।
बिज्ञापन
वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए। उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन्। उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन्।
उनका अर्थराजनीतिक विश्लेषण र स्तम्भहरू उल्लेखनीय रूपमा छापिँदै आएका छन्।








