होमपेज > आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने, नेपालमा पनि प्रष्ट देखिने

आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने, नेपालमा पनि प्रष्ट देखिने

बिज्ञापन
बिज्ञापन

आज राति अत्यधिक मात्रामा उल्का वर्षा देखिने भएको छ। नेपाल एस्ट्रानोमिकल सोसाइटी (नासो)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी दिएको हो।

बिज्ञापन

ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ। १३ देखि २८ पुससम्म सक्रिय रहने यस उल्का वर्षा आज राति आफ्नो उच्चतम् बिन्दुमा हुनेछ। प्रति घण्टा ५० देखि १२० ओटासम्म उल्का वर्षा देखिने अनुमान गरिएको छ। जुन पृथ्वीको वायुमण्डलमा करिब ७० किलोमिटर माथि आगोका झिल्काजस्तै देखिनेछन्।

बिज्ञापन

नासोका अनुसार आज राति उल्का वर्षा हेर्न कुनै विशेष उपकरण आवश्यक पर्दैन। प्रकाश प्रदूषण कम भएकाले नाङ्गो आँखाले अवलोकन गर्न सकिने नासोले जनाएको छ। पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू वायुमण्डलमा तीव्र गतिमा ठोक्किंदा जल्ने प्रक्रियालाई उल्का वर्षा भनिन्छ। नेपाली जनजिब्रोमा यसलाई ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ भनेर चिनिन्छ।

यो खगोलीय घटना खगोल विज्ञानमा रुचि राख्नेका लागि अद्भुत पल हुनेछ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते