बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।
बिज्ञापन
प्रहरीले रुकुम पूर्वस्थित भूमे गाउँपालिका–७ घर भएका एक जना युवकलाई बलात्कारमा संलग्न आरोपमा पक्राउ गरेको छ। भूमे गाउँपालिका स्थित लाभाङ घर भएका २९ वर्षीय सुर्जे रोका मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। उनले ३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ।
बिज्ञापन
पुस १४ मा उनले ती महिलालाई बलात्कार गरेको पीडितको आरोप छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।








