होमपेज > पर्वतारोही मिङ्मा विना अक्सिजन १४ हिमालको सफल आरोहण गरी स्वदेश फर्किए

पर्वतारोही मिङ्मा विना अक्सिजन १४ हिमालको सफल आरोहण गरी स्वदेश फर्किए

बिज्ञापन
बिज्ञापन

कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन्। विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजनविना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका हुन्।

बिज्ञापन

स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन्। शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन्। शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन्।

बिज्ञापन

स्वदेश फर्किएका शेर्पाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सानैदेखिको नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताए। उनले सातवटै महादेशको हिमालहरू सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए।

उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ। हामी नेपालीहरू पनि विश्वसामु चिनिनुपर्छ। विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ।’ यसैगरी उनले विनाअक्सिजन आरोहण गर्न धेरै अफ्ठेरो नभएको बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते