क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्स ‘अमेरिकन एयरलाइन्स’का सबै उडानहरू रोकिएका थिए। तर, यो प्रतिबन्ध पनि केही समयमै हटेको छ।
बिज्ञापन
एयरलाइन्सले प्राविधिक गडबडीका कारण यस्तो समस्या उत्पन्न भएको बताएको छ। अमेरिकी उड्डयन मन्त्रालयले जारी गरेको सन्देश अनुसार अमेरिकी एयरलाइन्सको उडान देशभर बन्द गरिएको थियो।
बिज्ञापन
तर केही समयपछि अमेरिकी उड्डयन मन्त्रालयले अमेरिकी एयरलाइन्सको देशभरका उडानमा लगाइएको प्रतिबन्ध हटेको जानकारी गराएको बीबीसीले जनाएको छ।
केही महिना अघिपनि अमेरिकन एयरलाइन्सका विमानलाई उडानमा रोक लगाइएको थियो।








