होमपेज > महालक्ष्मी बैंकद्धारा  संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न 

महालक्ष्मी बैंकद्धारा  संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न 

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बिज्ञापन

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाण्डौं र रोटर्‍याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना “परियोजना न्यानो “ अन्तर्गत मिति २०८१ साल पौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरेको छ ।

बिज्ञापन

त्यसै गरी बैंकको राजापुर शाखाद्वारा मिति २०८१/०८/२२ गते देखी मिति २०८१/०८/२९ गते सम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पस सँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु
व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।

बिज्ञापन

श्री राजदेवी साङ्गितिक समुह, कलैया बाराले कलैया उ.म.न.पा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राब्गणमा आयोजना गरेको रक्तदान कार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाई लगायतका सामाग्रीहरु खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते