होमपेज > एनपिएलको टिकट बिक्रीबाट चार करोड रूपैयाँ संकलन

एनपिएलको टिकट बिक्रीबाट चार करोड रूपैयाँ संकलन

बिज्ञापन
बिज्ञापन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणमा टिकट बिक्रीबाट झण्डै चार करोड रूपैयाँ संकलन भएको छ।

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि मैदानमा १८ दिनमा भएका ३२ खेलमा १ लाख ३५ हजार बढी दर्शकले मैदानमा गएर एनपिएल हेरेको अनुमान गरेको छ।यसमा बिक्री भएका टिकट बाहेक भिआइपी पास र अन्य पास पनि रहेको क्यानले जनाएको छ।

बिज्ञापन

एनपिएलको केही खेलका टिकट सोल्ड आउट भएका थिए भने अधिकांस खेलमा दर्शकको उपस्थिति थियो। औषत एकदिन ७ हजार पाँच सय जनाले कीर्तिपुरस्थित त्रिवि मैदानमै गएर क्रिकेट हेरेका थिए। टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ भने आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाडिनेछ।

आठ टोलीबीच प्रतिस्पर्धा भएको एनपिएलको शनिबार भएको फाइनल भिडन्तमा जनकपुर बोल्ट्सले उपाधि जितेको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको उपाधि जित्न सफल भएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते