होमपेज > थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो

थसाङमा हिमपहिरो, बोक्से खोला थुनियो

बिज्ञापन
बिज्ञापन

मुस्ताङ, थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

बिज्ञापन

‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर हेर्दा हिमपहिरो खसेर खोला थुनिएको देखियो,’ उनले भने, ‘पूरै हिमपहिरो तल खसेको पनि छैन। नदीचाहिँ थुनिएकै अवस्थामा छ।’ बोक्से म्याग्दीबाट जोमसोम नपुग्दै वरै पर्छ। खोलाको तटीय क्षेत्रमा ९ घरहरू रहेको उनीहरूलाई सुरक्षित स्थानमा जान भनिसकिएको पन्तले जानकारी दिए। खोला थुनिएपछि तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको पनि प्रजिअ पन्तले बताए।

बिज्ञापन

मुस्ताङ लेतेमा दिउँसो साढे ३ बजेको तापक्रम १७.२८ रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। २०७८ कात्तिक २८ गते पनि कोबाङ क्षेत्रमा हिमपहिरो आएको थियो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते