होमपेज > ट्रकले मानिसको भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० जना घाइते

ट्रकले मानिसको भीडलाई ठक्कर दिँदा १० जनाको मृत्यु, ३० जना घाइते

बिज्ञापन
बिज्ञापन

अमेरिकाको न्यु अर्लिन्समा बुधबार गाडीले मानिसहरूको भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। घटनामा ३० जना घाइते भएका छन्।

बिज्ञापन

यो घटना न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्र बोर्बोन स्ट्रिटमा भएको हो। न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम (एनओएलए रेडी)ले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी दिएको छ। आपत्कालीन अधिकारीहरूले घटनाको समय भने उल्लेख गरेका छैनन्। फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्छ।

बिज्ञापन

अमेरिकी सञ्चार माध्यम सीबीएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले उच्च गतिमा भीडलाई ठक्कर दिएको र त्यसपछि चालक बाहिर हामफालेर हतियार चलाउन थालेको बताएको छ। प्रहरीले पनि जवाफी फायर गरेको छ। घटना आतंकवाद प्रेरित हो कि होइन भन्नेमा अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ।

घटनाबारे संघीय जाँच ब्युरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको जनाइएको छ। एफबीआईका विशेष एजेन्ट अल्थिया डन्कनले घटनास्थलमा सम्भावित विस्फोटक उपकरण फेला पारेको बताएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते