होमपेज > काभा महिला भलिबलमा नेपाललाई हराउँदै भारतले जित्यो

काभा महिला भलिबलमा नेपाललाई हराउँदै भारतले जित्यो

बिज्ञापन
बिज्ञापन

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधि भिडन्तमा नेपाल छिमेकी भारतसँग ३-२ को सेटमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो। त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो।

बिज्ञापन

पहिलो सेट २५-२३ जितेको थियो। पहिलो सेटमा नेपालले २०-२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएको जितेको थियो। दोस्रो सेटमा नेपाल २५-१४ ले पराजित हुँदा खेल १-१ को अवस्थामा आयो। तेस्रो खेलमा नेपाल खेलमा फर्कियो। नेपालले २५-२२ ले जितेर -१ को अग्रता लियो। तर चौथो खेलमा भारतले पुनरागमन गर्‍यो। २५-२१ ले भारतले सेट जितेपछि खेल पाँचौ सेटमा पुग्यो। पाँचौं सेटमा नेपाल १५-५ ले हार्‍यो।

बिज्ञापन

भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनायो। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो। समूह चरणमा नेपालले इरानसँगको खेल गुमाउँदा शीर्ष स्थानमा रहने मौका भने गुमाएको थियो। तर सेमिफाइनलमा इरानसँग भिडेर नेपालले बदलामा मात्र लिएन फाइनलमा समेत स्थान पक्का गर्न सफल भयो।

महिला भलिबल टोलीले पछिल्लो पाँच वर्षमा दुई अन्तर्राष्ट्रिय उपाधि जितेको छ। तर ती दुवै उपाधि विदेशी भूमिमा जितेकाले बुधबार नेपालका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर थियो, जसमा नेपाल चुक्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते