नेपालका याङटेन लामाले अमेरिकामा भएको इन्टरनेसनल कराते डो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
बिज्ञापन
न्युयोर्कको ब्रुकलिनमा भएको प्रतियोगिताको १०–११ वर्ष वर्ष उमेर समूहको कुमितेको ब्राउनरब्ल्याक वेल्ट एडभान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेका हुन्। उनी न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबमा प्रशिक्षण लिइरहेका खेलाडी हुन्। फाइनलमा उनले अमेरिकाकै निक स्पेन्सरलाई ३–१ ले हराएका थिए।
बिज्ञापन
च्याम्पियन्स मार्सल आर्ट्स क्लब ११औं सागका करातेका स्वर्ण विजेता सुनील लामाको प्रशिक्षणमा सञ्चालित छ।








