होमपेज > सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २.५१% वृद्धि

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २.५१% वृद्धि

बिज्ञापन
बिज्ञापन

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११ करोड २५ लाख रुपैयाँको तुलनामा २.५१ प्रतिशतले वृद्धि भएको हो।

बिज्ञापन

-महाविपत्ति कोष र रिटेन्ड अर्निङमा वृद्धि
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोष ३७ करोड ७९ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब ३३ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोष ३७ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ १ अर्ब १५ करोड ७० लाख रुपैयाँ थियो। यस अवधिको तुलनामा महाविपत्ति कोषमा १.५५ प्रतिशत र रिटेन्ड अर्निङमा १५.१९ प्रतिशत वृद्धि भएको छ।

बिज्ञापन

-जीवन बीमा कोषमा महत्वपूर्ण वृद्धि
कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा जीवन बीमा कोष २९ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ थियो। यस आधारमा, जीवन बीमा कोषमा २२.२८ प्रतिशतको वृद्धि भएको छ, जुन कम्पनीको वित्तीय स्थिति र स्थायीत्वको लागि सकारात्मक संकेत हो।

-कुल बीमाशुल्क आर्जनमा वृद्धि
समीक्षा अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क आर्जनमा ८.४६ प्रतिशतको वृद्धि भएको छ, जसले कम्पनीको व्यवसायमा सामान्य वृद्धि देखाउँछ।

बिज्ञापन

-खुद बीमाशुल्क आर्जनमा सुधार
कम्पनीले यस अवधिमा २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क आर्जनमा १०।०६ प्रतिशतको वृद्धि भएको छ, जसले कम्पनीको दीर्घकालीन वित्तीय अवस्था बलियो बनाउने संकेत गर्दछ।

-ईपीएसमा गिरावट
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९.२० रुपैयाँमा घटेको छ, जुन अघिल्लो वर्षको ९.९० रुपैयाँ भन्दा कम हो।  गिरावट एक चिन्ताको विषय हो, किनकि यसले कम्पनीको लाभप्रदता र भविष्यमा मुनाफा उत्पादन गर्ने क्षमता कमजोर भएको संकेत दिन्छ।

-कम्पनीको वित्तीय सूचकहरू
कम्पनीको पीई रेसियो ५४.७५ गुणा र प्रतिशेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको छ। यी सूचकहरू सामान्य छन्, तर भ्एक् मा आएको गिरावटको कारण भविष्यमा नकारात्मक असर पर्न सक्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते