होमपेज > यू-१९ विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग खेल्दै नेपाल

यू-१९ विश्वकप छनोटको निर्णायक खेलमा युएईसँग खेल्दै नेपाल

बिज्ञापन
बिज्ञापन

आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको निर्णायक खेलमा नेपालले आज युएइको सामना गर्दैछ। लिगमा एकमात्र अपराजित टोली युएईसँग नेपालले अघिल्लो खेलमा पराजय भोगेकाले यो खेल केही फराकिलो अन्तरले जित्नु पर्ने चुनौती नेपालसँग रहेको छ।

बिज्ञापन

समूहको शीर्ष एक टोली अर्को वर्ष मलेसिया हुने विश्वकपमा एसिया क्षेत्र छनोटबाट स्थान बनाउने भएकाले यो खेल जित्ने टिम विश्वकपमा खेल्न पाउने छ। घरेलु टोली युएईले छनोट सम्भावना बलियो बनाउँदै अपराजित रहँदा नेपाल भने युएइसँग एकमात्र खेल हारेको छ। त्यसैले राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा युएईसँगको यो दोस्रो भिडन्तमा नेपाल जित सहित विश्वकप पुग्ने लक्ष्यमा मैदान उत्रिँदै छ।

बिज्ञापन

युएइले पाँच खेलमा १० अंक बनाउँदा नेट रनरेटमा पनि नेपालभन्दा अघि छ। चौथो खेलमा युएईसँग १३ रनले पराजित भएसँगै नेपाल भने ८ अङ्कका साथ दोस्रो स्थानमा छ। युएईको अजमानस्थित द सेभेन स्टेडियममा हुने खेल नेपाली समयअनुसार १:३० बजेबाट सुरु हुनेछ।

नेपाललाई विश्वकप पुग्नका लागि केही कठिन कार्य पुरा गर्नु पर्नेछ। यस्तोमा पहिले ब्याटिङ गरको खण्डमा नेपालले युएईलाई लक्ष्य पछ्याउने क्रममा केही ओभर बाँकी रहँदै अलआउट गर्नु पर्ने हुन्छ। यदि लक्ष्य पछ्याउने क्रममा नेपालले दोस्रो ब्याटिङ गरेमा भने फराकिलो रन अन्तर निकाल्नु पर्ने चुनौती नेपाललाई रहेको छ।

बिज्ञापन

विश्वकपका लागि छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरीया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। आयोजक भएको नाताले मलेसियाले सीधै स्थान बनाउँदा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन्। अब विश्वकपमा सहभागी हुने अन्तिम टोलीको तय नेपाल र युएईबिचको यहि खेलले गर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते