अब कुनै पनि नागरिकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने भएका छन्।
बिज्ञापन
उपभोक्ताले यो सेवा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरुबाट पाउने छन्। सोमबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कुनै पनि उपभोक्ताले खरिदको मूल्यको विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने जानकारी दिएको हो।
बिज्ञापन
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख) अनुसार यो निर्णय गरिएको विभागले जनाएको छ। उपभोक्ताले डेबिटरक्रेडिट कार्ड, क्यू. आर. कोड, मोबाइलजस्ता माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।








