कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
बिज्ञापन
गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ। यसैगरी भन्टा डल्लोको ५०, भन्टा लाम्चो ३०,रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ,केरा १५०,स्याउ फूजी २८० रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ पैसा, मटरकोशा ११० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ। टाटे सिमी ७५, तिते करेला ८५, लौंका ५५, चिचिण्डो ४५, पाकेको फर्सी ३५, हरियो लाम्चो फर्सी ४५, हरियो डल्लो फर्सी ५५, भिण्डी ७५ र बरेला ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
यस्तै पिडालु ७५, बन्दा लोकल ७५, प्याज १२७.६७, स्कुस १७.३३, चमसुर साग १२६.६७, मेथीको साग १२५, हरियो प्याज १३५, वकुल्ला ९५, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३०३.३३, ब्रोकाउली १४० र भेडे खुर्सानी ११६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।








