बागलुङ छिस्तीमा पिकअपभ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। घटनामा एकजना घाइते भएका छन्।
बिज्ञापन
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग२च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो।
बिज्ञापन
मृतकको पहिचान खुलेको छैन। भ्यान सडकदेखि एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।








