प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
बिज्ञापन
अपरिस्कृत विवरणअनुसार कम्पनीको खुद नाफा २५.८ प्रतिशत बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको पहिलो त्रैमासमा खुद नाफा १० करोड ३ लाख रुपैयाँ थियो।
बिज्ञापन
खुद प्रिमियम आम्दानी, तथा पोलिसी होल्डरबाट प्राप्त ब्याज आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ। खुद प्रिमियम आम्दानी पहिले १ अर्ब १२ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ। त्यस्तै पोलिसी होल्डरबाट प्राप्त ब्याज आम्दानी पहिले १ करोड १० लाख रहेकोमा अहिले ३ करोड १७ लाख छ।
कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड छ। त्यस्तै विपत्ती कोषमा ९ करोड ६९ लाख रुपैयाँ छ। सञ्चित आम्दानी ६२ करोड २५ लाख रुपैयाँ छ। कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसा छ। प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा छ। आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५८८ रुपैयाँ छ।







