तलब भत्ताको माग गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
बिज्ञापन
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि हालसम्म तलब भत्ता उपलब्ध नगराएको भन्दै आइतबार शिक्षक र कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन्। आइतबार उनीहरुले कार्यालय अगाडि धर्ना समेत दिएका छन्।
बिज्ञापन
मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतसँग पटक-पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताए। दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा पनि तलब भत्ता नपाउँदा शिक्षक र कर्मचारीहरुलाई परिवार पाल्न समेत कठिन भएको उनको भनाइ छ।
शिक्षकहरूले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए। तर, कुनै ध्यान नदिएपछि कात्तिक ११ गतेदेखि उनीहरुविद्यालय बन्द गरी धर्ना सुरु गरेका थिए।
बिज्ञापन
धर्ना पनि बेवास्ता भएपछि तालाबन्दीमा जान बाध्य भएको उनीहरुले बताएका छन्। यस नगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को नगरसभा हुन नसक्दा कुनै आर्थिक कारोबार हुन सकेको छैन।








