असोज ११ र १२ गतेको अविरल वर्षाले वाग्मती नदीमा आएको बाढीले मान्डु हाइड्रो पावरमा ठूलो क्षति पुर्याएको छ । भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको मान्डु हाइड्रो पावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त बनाएको छ ।
बिज्ञापन
२०७५ सालदेखि २२ मेगावाट विद्युत उत्पादन गर्दै आएको हाइड्रो पावरको वाग्मतीको बाढीले करिब १ अर्वको भन्दाबढी क्षति पुर्याएको प्रमुख संचालक अधिकृत सुन्दर श्रेष्ठले बताए । ‘वाग्मतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्यायो,’ उनले भने । पहिरोले काठमाडौँदेखि सिस्नेरीसम्मको मोटर बाटो क्षतिग्रस्त बनाएको, बाढीले सिस्नेरी बजारनै बगाएको र सिस्नेरीबाट ८ किलोमिटरको दुरीमा रहेको उक्त पावर हाउस पुग्न सिस्नेरीबाट जानुपर्छ । बाढीले त्यो मोटरबाटो पनि क्षतिग्रस्त बनाएको छ । वाग्मती नदीमा आएको बाढीले ६०० मिटर पेनेष्टकमध्ये सय मिटर पेनेष्टक पाइप क्षतिग्रस्त बनाएको छ ।
बिज्ञापन
२ हजार ४ सय २४ मिटर लामो मुख्य सूरुङलाई पनि क्षति पुर्याएको हुन सक्ने संचालक अधिकृत श्रेष्ठले बताए । ‘पानी सुकाएर हेरेपछि मात्र थाहा हुन्छ,’ उनले भने । बाढीपहिरोका कारणले अहिले उक्त क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको उक्त हाइड्रो पावर संचालनमा आउन कम्तीमा ७/८ महिना लाग्ने संचालकहरुले बताए । काठमाडौँबाट फोहोर बटुल्दै बगेको वागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका-८ इपापन्चकन्याको बगरवेसीस्थित विद्यृत गृहबाट विद्युत उत्पादन गर्दै आएको छ । निजी क्षेत्रको माण्डु हाइड्रो पावर कम्पनी र चाइनिज कम्पनीको संयुक्त लगानीमा वागमतीको पानीबाट विद्यूत उत्पादन गरिएको थियो ।
माण्डु हाइड्रो पावर कम्पनीले चार अर्बको लगानीमा बागमती साना जलविद्यूत आयोजनाको निर्माण कार्य २०७२ जेठबाट सूरु गरेको थियो । वागमती र कोगटेको पानी इपापन्चकन्या दोभानमा १० देखि १३ मिटर उचाईको बाँध बनाएर सुरुङमार्फत इपापन्चकन्याको बगरवेँसीस्थित पावर हाउसमा पुर्याएर विद्युत उत्पादन हुँदै आएको छ । वागमतीमा निर्माण गरिएको ५५ मिटर लामो बाँधलाई बाढीले क्षति पुर्याएको छ । उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी बग्ने गर्छ । वागमतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस९विद्यूत गृह० २ हजार ४ सय ४० मिटरको दुरीमा छ ।








