होमपेज > बालेनले वास्तै गरेनन् भन्दै सुकुम्वासी बस्तीका बाढी पीडितले गरे गुनासो

बालेनले वास्तै गरेनन् भन्दै सुकुम्वासी बस्तीका बाढी पीडितले गरे गुनासो

बिज्ञापन
बिज्ञापन

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्। सोमबार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन्।

बिज्ञापन

उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे। काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताए। कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाई थियो। कामीले भने, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्थजा छैन। काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ। अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन। वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ। त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन। यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो । यो खालको चरित्र पनि छ।

बिज्ञापन

यहाँ सामन्तीहरुलाई कसरी गरिवहरुलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो । यसले पनि दुख त दियो गरिवहरुलाई । जनताको प्रतिनिधि भनेको सरकार हो । सरकार हाम्रो अभिभावक हो । जनताको अभिभावक हो । सरकारनै यसको प्रमुख भएको हुनाले सरकारलेनै यसको व्यवस्थापन गर्नुपर्छ । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकारनै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो। ’ पीडितहरुले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन्। वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरुको भनाई थियो। सरकारले आफूहरुको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताए।

उनले भने, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाईदियो। यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ। सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ। अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला। यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन। बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन । सरकारी टोली आए हामी पनि सधैं खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्था वस्नु भनेको हाम्रो बाध्यता हो । हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

बिज्ञापन

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते