होमपेज > बढ्यो प्याजको मूल्य, अन्य तरकारी र फलफूलको मूल्य कति?

बढ्यो प्याजको मूल्य, अन्य तरकारी र फलफूलको मूल्य कति?

बिज्ञापन
बिज्ञापन

देशका विभिन्न शहर र राजमार्गमा गएको बाढीपहिरोका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी महँगिएको छ ।

बिज्ञापन

राजमार्ग अवरुद्ध हुँदा आपूर्तिमा परेको असर तथा केही मौज्दात तरकारी बाढीका कारण क्षति भएपछि महँगिएको छ । सोमबार अधिकांश तरकारी प्रतिकिलो १०० माथि पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो १२२ रुपैयाँ हाराहारी रहेको प्याज सोमबार १३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा गाजर, बन्दा, रातो आलु, मुला, च्याउ महँगिएको छ ।

बिज्ञापन

साग तथा इस्कुस केही सस्तिएको छ । रातो आलु प्रतिकिलो ८२, भारतीय रातो आलु ६२ रुपैयाँमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सोमबार स्थानीय बन्दा ११०, स्थानीय काउली १४०, लाम्चो भन्टा १००, डल्लो भन्टा १००, तने बोडी १२०, मकै बोडी १००, घिउ सिमी १०० रुपैयाँ पुगेको छ ।

तिते करेला १२०, लौका १००, घिरौंला १२०, रायो साग १००, पालुगो साग १००, हरियो प्याज २००, कन्य च्याउ २००, डल्ले च्याउ ४५०, ब्रोकाउली २०० रुपैयाँ प्रतिकिलो कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते