होमपेज > नबिल बैंकले ल्यायो ‘नबिल जेष्ठ बचत खाता’ : मासिक रूपमा व्याज भुक्तानी

नबिल बैंकले ल्यायो ‘नबिल जेष्ठ बचत खाता’ : मासिक रूपमा व्याज भुक्तानी

बिज्ञापन
बिज्ञापन

जीवनको उत्तरार्धमा उमेर ढल्किदै जाँदा ऊर्जाशील समयमा जस्तो नियमित आम्दानीका स्रोतहरू घट्दै जान्छन्। सक्रिय जीवनमा व्यापार व्यवसाय तथा रोजगारीबाट नियमित आम्दानी हुँदा तय गरिएका रणनीतिले बुढेसकालमा काम गर्दैन। जसले गर्दा प्राथमिकताहरू पनि परिवर्तन हुँदै जान्छन्।

बिज्ञापन

यसरी हरेक व्यक्तिहरूको प्राथमिकतामा आउने परिवर्तनलाई आत्मसाथ गर्दै नबिल बैंकले जीवनको उत्तरार्धमा नियमित आम्दानीको बाटो बनाउन चहानेका लागि ‘नबिल जेष्ठ बचत खाता’ ल्याएको छ। यो खातामा मासिक रूपमा व्याज भुक्तानी हुन्छ। जेष्ठ बचत खाताले जेष्ठ नागरिकहरूको आवश्यकतालाई ध्यानमा राखेर सुविधाजनक बैंकिङ प्रदान गर्ने बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदीले बताए।

बिज्ञापन

‘कतिपय पेशा व्यवसाय तथा रोजगारीमा ५० वर्षमै अवकास पाउने अवस्था छ। यसलाई ध्यान दिँदै बैंकले ५० वर्ष वा सो भन्दा माथि उमेर समूहका व्यक्तिहरू केन्द्रित गर्दै उहाँहरूलाई आवश्यक पर्ने सुविधाहरूलाई समेटेर यस्तो बचत खाता ल्याइएका छौं,’ सुवेदीले उल्लेख गरे। समान्यत बैंक वित्तीय संस्थाले त्रैमासिक रुपमा निक्षेपको ब्याज भुक्तानी गर्दछन्। तर अवकास पछि मासिक आम्दानी आवश्यक पर्छ। यहि आवश्यकता पूरा गर्ने उद्देश्यका साथ ल्याइएको यस बचत खाताले एक किसिमको पेन्सन खाताको रूपमा काम गर्ने सुवेदी बताउँछन्।

खाता खोल्दा न्यूनतम मौज्दात आवश्यक पर्दैन। सुवेदीका अनुसार जो सँग जति पैसा छ त्यति नै राखेर यो खाता खोल्न सकिन्छ। यो खातामा थप सुविधा पनि दिइएको छ। ‘उमेर पुगेका कतिपय व्यक्तिहरूले लकर खोजिरहनु भएको हुन्छ, उनले थपे ’उहाँहरूलाई लकरमा लाग्ने वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ।’ खाताको विवरण, चेक बुक र मौज्दात प्रमाणपत्रका लागि शुल्क लाग्ने छैन।
यस खातामा पहिलो वर्षका लागि मोबाइल एप ुएन बैंकु निःशुल्क गरिएको छ। स्विफ्ट ट्रान्सफर तथा डिमान्ड ड्राफ्टमा ५० प्रतिशत छुट प्रदान गर्ने बैंकले जनाएको छ।

बिज्ञापन

ग्राहकहरूले आफू नजिकको नबिल बैंकको जुनसुकै शाखा कार्यालयमा गएर ग्राहक सेवा विभागका प्रतिनिधिसँग सम्पर्क गरी प्रकृया अगाडि बढाउन सकिने बैंकले जनाएको छ। बैंकको वेबसाइटबाट व्यक्तिगत खाता खोल्ने आवेदन फारम डाउनलोड गरी आवश्यक विवरण भरेर नागरिकता वा राहदानी तथा पासपोर्ट साइजको फोटो लिएर नजिकको शाखा कार्यालयमा गएर खाता खोल्न सकिने छ।

बैंकले तोकिएका सर्तहरु पूरा गरेका र योग्यता पुगेका खाताधनीहरुलाई बीमा सुविधा समेत प्रदान गरेको छ। उमेरका हिसावले ६४ वर्ष ननाघेकाले मात्रै बीमा सुविधा पाउने छन्। अर्को तर्फ यस्तो सुविधा पाउनका लागि खातामा बैंकले तोकेबमोजिमको न्यूनतम बचतरमौज्दात हुनुपर्छ।

यस्तो सुविधा लिए बापत खाताधनीले अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्ने छैन।

यस बीमाले खाताधनीहरूलाई अप्रत्याशित घटनाहरूमा आर्थिक रूपमा सुरक्षित राख्ने बैंकले जनाएको छ। १३ वटा घातक रोग र आवधिक जीवन बीमा सुविधा यस अन्तर्गत पाइनेछ।

किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा पाइने भएको हो।

बैंकले बीमाको दाबी भुक्तानी सहज हुने गरी सेवा दिनेछ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते