होमपेज > देशकै यी ठुला मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले थाल्यो कार्वाही

देशकै यी ठुला मिटरब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरले थाल्यो कार्वाही

बिज्ञापन
बिज्ञापन

०८० साल बैशाख २० गते गठन भएको अनुचित लेनदेन (मिटरब्याज)को आयोग गठन भएको लगत्तै ललितपुरमा मात्र २०० भदा बढी मिटरब्याज पिडित पक्षले उजुरी दिएका थिए । ललितपुर जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा देशकै सबैभन्दा ठुलो मुद्धा समस्यामा परेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाँइले दर्ता गराएका थिए । उनले १५ जना मिटरब्याजी विरुद्ध ५ अर्ब ४० करोड बराबरको मुद्धा ०८० असार १२ गते जिप्रका ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धामा ०८० साल असार २५ गतेदेखि छानवीन सुरु भएको थियो । छानविन सुरु भए लगत्तै २ जना मिटरब्याजीले चलनचल्ती भन्दा बढी लगेको ब्याज फिर्ता गरेका मिटरब्याज पिडित चौलागाइले बताए । उनले उजुरी दिएकामध्ये बाँकी १३ जनासँग ठुलो कारोबार भएको कारण छानबीन गर्न समय लागेको देखिन्छ । चौलागाइले दर्ता गरेको मुद्धामा सबैभन्दा धेरै कारोबार पुल्चोकका रोविन मर्हजनसँग भएको पाइएको छ । उनीसँग करिव ४ अर्ब करोबार भएको चौलागाइको दाबी छ ।

बिज्ञापन

विवरण हेर्दा रोविन मर्हजनले चौलागाइलाई दिएको कारोबार ६० करोड छ भने उनले चौलागाइसँग ४ अर्ब बराबर बैंकमार्फत लिएको देखिएको छ । सामान्य जग्गाको कारोबार गर्ने रोविन मर्हजनको ३ बर्ष यता करिव ६ अर्ब सम्पति थुप्रिएको सेतले बतायो । उनको ललितपुर सैबु भैसेपाटी आवासभित्र ३ वटा घर, करिव ५० करोड मुल्य बराबारको सातदोबाटोमा २० आनामा आलिसान घर, करिव ३० करोडको वि एव्ड बी अस्पतालसँगै १७ आना जग्गा, २५ करोड बराबरको झम्सीखेलमा २३ आनामा आलिसान दरबार (जो ५५ करोड भन्दा बढीको छ, जहाँ उनी आफै बस्ने गरेका छन् ), झम्सीखेल डिएभी स्कुल मेनरोडमा २५ आनामा करिव ६० करोडको जग्गा, बखुन्डोल चैतन्य स्पा ३२ आनामा करिव ५० करोडको स्पा, सानेपामा १० आना जग्गा, इमाडोलमा १० आना जग्गामा घर रहेको स्रोतले बतायो छ । उनको ब्यापारका नाममा साम्राट मार्केटिङ नाम गरेको छोराको नाममा कम्पनी समेत छ । जसमा केही ब्यापार छैन । उक्त कम्पनीमा माछापुच्छे्र बैकले ४ करोड कर्जा दिएको छ ।

बिज्ञापन

रोविन मर्हजनको पुच्वः नाम गरेको सहकारी पनि छ । उनका नगद करोबार कुमारीपाटी पञ्चशिल सहकारी, ज्योतीपुञ्ज सहकारी, पुच्वः सहकारीमा ठुलो कारोबार गरेको देखिन्छ । सामान्य व्यापारीको नाममा यी सहकारीले अरबौ कारोबार कसरी गरे ? जिल्ला प्रशासन कार्यालयले रोविनको सबै कारोबार मागिसकेको छ । उनको कारोबारमाथी शंका उब्जिसकेको छ । उनको बैंक र सहकारी गरेर करिव ७ अर्ब जतिको कारोबारको कागजपत्र प्रशासन कार्यालयमा पुगिसकेको छ । अरु आउन बाँकी छ भन्ने कुरा मिटरब्याज आयेगले बताएको छ ।

०८० सालमा समस्यामा परेको गुडवील सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ अहिले जेलमा छन् । उनको नाममा पनि कारोबार देखिएका कारण उनलाई बयान दिनका लागि जिप्रका बोलाइएको थियो । नीज दिवाकर श्रेष्ठले पनि रोविन मर्हजनले २ अर्ब मिटरब्याज लिएकोले आफनो सहकारीको पैसा फिर्ता दिन नसकेर जेल परेको बताउने गरेका छन् । रोविन लगायत अरु १२ जना रवि मर्हजन, विज्ञान भारी, देवेन्द्र आचार्य, मोहन घिमिरे, सुमन मर्हजन, सञ्जय अधिकारी, रुविन मर्हजन, सिताराम राउत, विवेक केसी, आशिस प्रधान सबै मिटरब्याजी पुष्टि भएको जनाइएको छ । उनीहरु विरुद्ध ज्ञानेन्द्र मर्हजन जस्तै सम्पत्ति सुद्धिकरण गरी जेल चलानसम्म हुनसक्ने सम्भावना रहेको हालै राष्टपतीबाट मिटरब्याज सम्बन्धी विद्ययक पारित हुनुले देखाएको छ । उनीहरु उच्च तहका नेताहरुको संरक्षणमा रहेपनि मिटरब्याजीलाई कार्वाही गर्ने कानुन बनेकाले गलत गर्ने कोही पनि उम्कन नसक्ने देखिएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते