स्थानीय बजारमा साताको दोस्रो कारोबार दिन (सोमबार) सुनको मूल्य घटेको छ ।
बिज्ञापन
शुक्रबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य त्यसयता घटिरहेको छ । शुक्रबार सुनको मूल्य १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । आइतबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला १ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
आइतबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घट्दा आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दै एक हजार ९४० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २६५८.८५ डलरमा कारोबार भइरहेको छ ।








