होमपेज > यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी बजारमा सोमबार सबै प्रकारको गोलभेडाको मूल्य बढेको छ। प्रतिकिलो गोलभेडामा २१.६७ रुपैयाँ बृद्धि भएको छ। आइतबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको ठूलो गोलभेडा सोमबार ९६.६७ रुपैयाँमा बिक्री भएको छ । यस्तै स्वदेशी सानो गोलभेडाको मूल्यमा पनि २५ रुपैयाँ बृद्धि भएको छ । आइतबार प्रतिकिलो ३० रुपैयाँमा बिक्री भएको सानो गोलभेडा सोमबार ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै टनेलको सानो गोलभेडाको मूल्यमा प्रतिकिलो २२.५० पैसा बढेको छ । आइतबार प्रतिकिलो ४२.५० रुपैयाँमा बिक्री भएको टनेलको गोलभेडा सोमबार ६५ रुपैयाँमा बिक्री भएको छ । यस्तै गाजरको मूल्य पनि बढेको छ । सोमबार गाजरमा ३१ रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार गरेको गाजर सोमबार ११६ प्रतिकिलोमा बिक्री भएको छ । त्यसैगरी आइतबारको तुलनामा बन्दाको मूल्य पनि बढेको छ । बन्दामा प्रतिकिलो १० रुपैयाँ बढेको छ । आइतबार प्रतिकिलो ६५ रुपैयाँमा बिक्री भएको बन्दा सोमबार ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।आइतबारको तुलनामा ब्रोकाउलीमा निक्कै मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार प्रतिकिलो ब्रोकाउलीमा ७६ रुपैयाँ घटेको छ । आइतबार प्रतिकिलो २२६.६७ रुपैयाँमा बिक्री भएको ब्रोकाउली सोमबार प्रतिकिलो १५० रुपैयाँमा बिक्री भएको हो ।

बिज्ञापन

यस्तै रातो आलु ६७.५०, मुढे रातो आलु ५७.५०, सेतो आलु ५३.५०, प्याज ९६, स्थानीय काउली ६५, ज्यापु काउली ११०, सेतो मुला २५, लाम्चो भान्टा ४५ र तने बोडी ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ८५, तिते करेला २९, लौंका ४६, परवर ७५, चिचिण्डो ४६.६७, घिरौला ४०, झिगुनी ६६.६७, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ८५, भिण्डी ४०, पिडालु ८६.६७, स्कुस ५५, रायो साग ९६.६७, कन्ये च्याउ १६४, डल्ले च्याउ २९६, राजा च्याउ २९०, भेडे खुर्सानी ५५, अदुवा २१० र लसुन २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते