होमपेज > आज सुशील कोइरालाको ८५औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज सुशील कोइरालाको ८५औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

बिज्ञापन
बिज्ञापन

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

बिज्ञापन

विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको थियो। संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। फलःस्वरूप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भयो।

बिज्ञापन

उनले सधैँ सत्यको वकालतका साथै सादगी जीवनयापन गरे।जनचाहनाबमोजिम संविधानसभाबाट संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइराला जीवनको अन्तिम क्षणसम्म पनि संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे। मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका थिए।

स्वर्गीय नेता कोइरालाको स्मरणमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रम गरिनेछ। संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बताए। विसं २०७३ मा स्थापित फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद, कला, संस्कृति, मानवाधिकार, महिला तथा बालबालिकालगायत सामाजिक लोककल्याणकारी क्षेत्रमा ‘थिंकट्यांक’का रूपमा कार्य गर्दै आएको छ। स्वर्गीय कोइरालाले जीवनमा पुर्‍याएको योगदानको सम्झनामा फाउण्डेसनले विभिन्न रचनात्मक कार्यक्रमसमेत गर्दै आएको छ। फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको बताए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते