होमपेज > रावायणमा एकसाथ पल र पूजा, टिजरमा दाह्री र जुँगाको गेटअपमा देखिए पल

रावायणमा एकसाथ पल र पूजा, टिजरमा दाह्री र जुँगाको गेटअपमा देखिए पल

बिज्ञापन
बिज्ञापन

भदौ २१ गतेबाट रिलिज हुने फिल्म रावायणको शुक्रबार राजधानीमा आयोजित एक समारोहबीच टिजर सार्वजनिक गरिएको छ। नायक पल शाहको एक्सनलाई प्राथमिकता दिएको टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ। दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा दिइएको छ।

बिज्ञापन

बिज्ञापन

फिल्ममा भिलेनका रूपमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह र प्रदीप ढकाललाई सशक्त रूपमा प्रस्तुत गरिएको टिजरमा नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डकलगायत पनि फिचर्ड छन । निर्देशक सुदर्शन थापाले आफूले जति बोले पनि आफ्नो भिजन फिल्मको टिजरमा देखिएको बताए। अहिले टिजरमा मात्र देखिएको छ। दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ,’ थापालेभने यो फिल्म मेरालागि चुनौतीपूर्ण थियो। मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोसिस गरेको छु।’

बिज्ञापन

नायक पल शाहले फिल्ममा दोहोरो भूमिका रहेको खुलाउँदै आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहेका दर्शकका लागि रावायणको चरित्र नयाँ स्वाद हुने बताए। ‘मेरा लागि यो चरित्र नयाँ हो। फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु। एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ छ,’ पलले खुलाए, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतीपूर्ण थियो। जुन ट्रेलरमा देखिएको छ।’ फिल्मकी नायिका तथा निर्मात्री पूजा शर्माले अब रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन्। ‘अब रोएर फिल्म चल्दैन। टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ,’ पूजाको भनाइ थियो। अर्का कलाकार प्रमोद अग्रहरिले दर्शकले रावायणबाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाइने बताए।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा नायिका पूजा शर्माद्वारा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, रोजिता पराजुलीलगायतले अभिनय गरेका छन्।

सुशन पाठक कार्यकारी निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द रचना, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला र सोनु कक्करको स्वर, विक्रम स्वाँर र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन, रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते