होमपेज > ग्राहकवर्गको विश्वाश जित्न सफल ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड” तेश्रो वर्षमा प्रवेश गर्दै

ग्राहकवर्गको विश्वाश जित्न सफल ट्राभल एजेन्सी “गुरु ट्राभल्स लिमिटेड” तेश्रो वर्षमा प्रवेश गर्दै

बिज्ञापन
बिज्ञापन

नेपालको इतिहासकै पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल गुरु ट्राभल्स लिमिटेडले स्थापनाको दोश्रो वर्ष पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेको छ ।

बिज्ञापन

यसै अवसरमा संस्थाले आगामी सोमबार अर्थात, २०८१ श्रावण २१ गते भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ । ग्राहकवर्ग, लगानीकर्ता, शुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णसंग बधाई तथा शुभकामना साटासाट गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । सो अवसरमा संस्थाले नेपालका बिभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई पनि आमन्त्रण गरि सम्मान प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्राम, गुरु ट्राभल्स लिमिटेडको प्रधान कार्यालय दरबारमार्ग काठमान्डौमा बिहान १० बजे सुरु भइ साँझ ६ बजे समाप्त हुनेछ भने ग्राहकवर्ग, लगानीकर्ता, शुभेच्छुक तथा संस्थाप्रति सरोकार राख्ने सम्पूर्णलाइ कम्पनीले सहृदय आमन्त्रण गरेको जनाएको छ ।

बिज्ञापन

२०७९ श्रावण २० गते बाट संचालनमा आएको गुरु ट्राभल्स लिमिटेडले छोटो समयमा नै ग्राहकवर्गको विश्वाश जित्न सफल भएको मानिन्छ । यात्रासंग सम्बन्धित सम्पूर्ण सेवा एकै ठाउँमा बिना झन्झट त्यो पनि एकदमै छिटो पाउन सकिने भएकोले सेवाका लागि धेरै मानिसले गुरु ट्राभल्स लिमिटेड नै रोज्ने गरेको भनि प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले जानकारी दिनुभयो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित हुनुले पनि गुरु ट्राभल्स लिमिटेड प्रति ग्राहकवर्गको विश्वास बढेको हुन सक्ने मानिसहरुको आम बुझाइ छ । ५ दर्जनको हाराहारीमा शेयर धनी संख्या रहेको यस ट्राभल्सले रास्ट्रीय तथा अन्तराष्ट्रिय रुपमा टिकेटिंग सेवा, होटेल बूकिंग, सवारी साधन बूकिंग, भिषा सहजीकरण सेवा, टुर ब्यबस्थापन सेवा तथा अन्य यात्रासंग सम्बधित सेवाहरु प्रदान गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते