कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को हात भाँचिएको छ । मंगलबार ब्याटमिन्टन खेल्ने क्रममा लडेर उनको दाहिने हात भाँचिएको हो ।
बिज्ञापन
एभरेष्ट हस्पिटलका डा. सम्पुर्ण महर्जनका अनुसार माग्ने बुढाको हातमा ‘चिप फ्याक्चर डिस्टल क्ल्याभिकल (दायाँ)’ भएको हो । डा. महर्जनका अनुसार माग्ने बुढाले अब चार हप्ता आराम गर्नुपर्नेछ । यद्यपी, उनी यतिखेर सिनेमा हल हलमा पुगिरहेका छन् ।
बिज्ञापन
उनी अभिनित चलचित्र ‘माग्ने राजा’ को यतिखेर भव्य प्रदर्शन भइरहेको छ । हातमा ब्यान्डेज बाँधेर उनी केही हलमा पुगेर बुधबार बिहान ‘माग्ने राजा’ फिल्मको प्रचारप्रसारमा पनि गरे । ऋषि लामिछानेद्वारा निर्देशित चलचित्रमा माग्ने बुढा नायिका वर्षा सिवाकोटीको अपोजिटमा देखिएका छन् ।








