वसन्त ऋतु लागि धौलागिरी हिमाल आरोहण रद्द भएको छ ।
बिज्ञापन
क्याम्प–३ भन्दा माथिसम्मको रोप फिक्सिङ सम्पन्न गरेको र त्यसभन्दा माथि उच्च हावा, खराव मौसम र क्याम्प–२ देखि क्याम्प ३ सम्म हिमपहिरोका रोप फिक्सिङ गर्न असफल भएको विश्व कीर्तिमानी पर्वतारोही सेभेल समिट ट्रेक्सका धौलागिरी हिमालका लागि एक्सपिडिशन लिडर लाक्पा शेर्पाले बताए ।
बिज्ञापन
अब शरद ऋतुमा फेरि आरोहणको लागि प्रयास गर्ने योजना रहेको उनले बताए । धौलागिरी हिमाल विशेष गरी शरद ऋतु र वसन्त ऋतुमा आरोहण गरिन्छ ।
पर्यटन विभागका अनुसार धौलागिरी हिमाल आरोहणका लागि ३० जना अनुमति लिएका थिए । त्यस मध्ये २२ पुरुष र ८ जना महिला थिए ।








