होमपेज > टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, एक गम्भीर घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, एक गम्भीर घाइते

बिज्ञापन
बिज्ञापन

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २१ वर्षका युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का २० वर्षीय युवक गम्भीर घाइते भएका छन्।

बिज्ञापन

शनिबार दिउँसो भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीमा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ७ प ५३५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फबाट आउँदै गरेको बागमती प्रदेश ४ ख २९०१ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका १ घर भई हाल भक्तपुर कमलबिनायक बस्दै आएका २१ वर्षीय सुवास तामाङ गम्भीर घाइते भएका थिए। उनलाई प्रहरीले उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बिज्ञापन

मोटरसाइकल पछाडि सवार काभ्रेको माहाकाल गाउँपालिका वडा नम्बर- ६ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने वर्ष २० का संजिव थापा घाइते भएका छन्। उनको मध्यपुर अस्पताल ठिमी अस्पताल भक्तपुरै उपचार भइरहेको छ। दुर्घटनापछि टिपर चालक काभ्रेको मण्डनदेउपुर गाउँपालिका–६ का २८ वर्षीय राज कुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते