कोभिड पछिको नेपालको आन्तरिक आर्थिक अवस्था अवस्था अत्यन्तै नाजुक छ। सबै प्रकारका व्यवसायहरू मन्दिरमा छन्। जसमध्ये अटोमोबाइल क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ। दुईपाङ्ग्रे सवारी साधनको कारोबार ५० प्रतिशत भन्दा बढीले घटेको छ।
बिज्ञापन
महिनामा १० पटकसम्म लोड हुने ट्रकले अहिले व्यवसाय नहुँदा समस्यामा परेका छन्। आर्थिक मन्दीका कारण जनताले अत्यावश्यक काम बाहेक अन्य क्षेत्रमा खर्च गर्न छाडेका छन्।
बिज्ञापन
पेट्रोल र डिजलबाट चल्ने साना तथा मझौला सवारी साधनका साथै ठूला बस र ट्रकको व्यवसाय समेत ८० प्रतिशतभन्दा बढीले घटेको छ। आयातित व्यापारिक सवारी साधनमध्ये ५० प्रतिशत विद्युतीय छन्। नेपालको आन्तरिक व्यापार घट्दै गएकाले वस्तुको ढुवानीमा कमी आएको छ। महिनामा १० पटकसम्म लोड हुने ट्रकले अहिले व्यवसाय नहुँदा समस्यामा परेका छन्। आर्थिक मन्दीका कारण जनताले अत्यावश्यक काम बाहेक अन्य क्षेत्रमा खर्च गर्न छाडेका छन्। स्कुटर र मोटरसाइकलको कारोबारमा पनि उल्लेख्य घेरावट आएको छ।
नेपालको अटोमोबाइल क्षेत्रमा अहिले १ खर्बभन्दा बढीको लगानी रहेको र नेपालको अटोमोबाइल व्यवसाय विद्यमान व्यवसायमध्ये सर्वाधिक पारदर्शी व्यवसाय रहेको छ। हाम्रो जस्तो देशमा सवारी तथा ढुवानीका लागि एक मात्र विकल्पको रुपमा रहेकोमा कुनै सन्देह छैन वर्तमान विश्व परिवेशमा अटोमोबाइल का साधनहरू नभई नहुने अत्यावश्यक साधन भइसकेको भएपनि सरकारले अझै पनि अटोमोबाइलका साधनहरुलाई विलासिताका वस्तुहरूमा वर्गीकरण गरी सोही अनुरुप छ दरको महसुल लगाउँदै आएको छ। वर्तमान विश्व परिवेशलाई दृष्टिगत गर्दै अब यसमा पुनर्विचार अति जरुरी भइसकेको छ
बिज्ञापन
अटोमोबाइल व्यवसायको दयनीय अवस्थाका कारण अहिले लाखौंको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरूले आफ्नो रोजगारी समेत गुमाइरहेको मात्र छैन अपितु नेपालका भन्सार नाकाहरूमा एक वर्षअघिदेखि सयौंको सङ्ख्यामा रहेका सवारी साधनहरू बिक्री हुन नसकी भन्सार जाँचपास समेत हुन नसकिरहेको अवस्था छ। सवारी साधनको व्यवस्थामा सुस्तता आएको कारण भन्सार नाकाहरूमा सवारी साधनहरू जम्मा हुन पुगेको छ। जसले गर्दा एकतिर व्यवसायीहरुले आफ्नो व्यवसायमा ठूलो घाटा बेहोर्नु परिरहेको छ भने अर्कोतर्फ सरकारले ठूलो मात्रामा राजस्व समेत गुमाउनु परिरहेको अवस्था छ।
राजधानीको बढ्दो जनसङ्ख्या र देशको बढ्दो आयात निर्यातको स्थितिलाई समेत दृष्टिगत गरी राजधानीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको एउटा तड्कारो आवश्यकता बनिसकेको छ।
नेपालको अटोमोबाइल क्षेत्रले देशको भन्सार राजस्वमा २१ प्रतिशतको योगदान दिएको छ। यद्यपि यो प्रतिशत अहिले केही घटेको अवस्था छ। नेपालमा पैठारी हुने कार, जीप र भ्यानमा सिसीका आधारमा २५० देखि ३६० प्रतिशतसम्म कर बुझाउनु पर्ने अवस्था छ। त्यसैगरी मोटरसाइकलमा १०५ देखि ३०७ प्रतिशतसम्म कर बुझाउनु पर्ने व्यवस्था गरिएको छ। तुलनात्मक रुपमा कम कर बुझाउनुपर्ने भनेको अटोमोबाइल स्पेयर पार्टस, नुविकेण्टस टायर र ब्याट्रीमा पनि ३० देखि ५० प्रतिशत सम्म कर बुझाउनुपर्ने अवस्था विद्यमान छ। यसले अटोमोबाइल क्षेत्र सर्वाधिक कर बुझाउने क्षेत्र हो भन्ने स्पष्ट हुन्छ
काठमाडौँ उपत्यकामा एउटा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको अभावका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धमा ठूलो बाधा उत्पन्न भइरहेको छ। राजधानीको बढ्दो जनसङ्ख्या र देशको बढ्दो आयात निर्यातको स्थितिलाई समेत दृष्टिगत गरी राजधानीमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको एउटा तड्कारो आवश्यकता बनिसकेको छ। यस्तो प्रदर्शनी केन्द्रको निर्माणले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनमा ठूलो टेवा पुग्नुका साथै राष्ट्रिय उद्योगको समेत सम्बर्द्धन र प्रवर्द्धन हुने भन्ने हाम्रो विश्वास छ।
(नाडा अटो न्युज २०८१ बाट साभार।)








