होमपेज > अर्थतन्त्रको कमजोरी र समाधान गर्ने उपाय मलाई थाहा छ: अर्थमन्त्री वर्षमान पुन

अर्थतन्त्रको कमजोरी र समाधान गर्ने उपाय मलाई थाहा छ: अर्थमन्त्री वर्षमान पुन

बिज्ञापन
बिज्ञापन

अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँने प्रतिबद्धता जनाएका छन् ।

बिज्ञापन

शपथ ग्रहणपछि मन्त्रालयको पदभार सम्हाल्दै उनले यसअघि पनि अर्थमन्त्रीका रुपमा काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव रहेको भन्दै विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएका हुन् ।उनले भने, ‘विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँछु । यसअघि पनि काम गरिसकेको हुनाले कसरी जानुपर्छ भन्ने कुराको अनुभव छ । राजस्व संकलनमा पनि कहाँ–कहाँ कमजोरी छन् । त्यसमा काम गर्नेछौ ।’

बिज्ञापन

उनले अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय आफूसँग रहेको दाबी समेत गरे । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या नरहेको भन्दै समस्या भएको क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय मसँग छ । अर्थतन्त्रमा देखिएको दबाब कम गर्न विगतको मेरो अनुभवका आधारमा योजना बनाएर अघि बढ्नेछु । अर्थतन्त्रको सबै क्षेत्रमा समस्या छैन । समस्या भएको क्षेत्र मलाई राम्रोसँग थाहा छ । ती क्षेत्रमा मात्र सुधार गर्न सके अर्थतन्त्र चाँडै चलायमान बनाउन सकिन्छ । अहिले तरलता व्यवस्थापनको समस्या छ । पुँजीगत खर्च बढाउनुपर्ने, सेयर बजारलाई व्यवस्थित बनाएर स्थिरता दिनुपर्ने, घरजग्गा क्षेत्र चलायमान बनाउनु पर्नेलगायत धेरै चुनौति छ । यी क्षेत्रमा समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा निजी क्षेत्रलाई साथै लिएर प्रभावकारी रुपमा काम गर्नेछु ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते