होमपेज > राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ ।

बिज्ञापन

ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।यस ऋणपत्रको साँवा भुक्तानी ३० फागुन २०८८ मा हुनेछ भने ब्याज अर्धवार्षिक रुपमा लगानीकर्ताले पाउने छन् ।

बिज्ञापन

नागरिकले आवेदन दिँदा राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा गई खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत रकम राष्ट्र बैंकको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्र प्रतिलिपीसहित विभागमा अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गर्नुपर्नेछ ।

यो विकास ऋणपत्र नेप्सेका सूचीकृत भई कारोबारमा आउने छ भने बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण समेत लिन सकिन्छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स