होमपेज > महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवाको सुरुवात, डिजिटल भुक्तानी सेवामा थप विस्तार

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवाको सुरुवात, डिजिटल भुक्तानी सेवामा थप विस्तार

बिज्ञापन
बिज्ञापन

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ ।

बिज्ञापन

नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बिज्ञापन

डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते