आज आइतबार सुनको भाउ इतिहासकै उच्च भएको छ । शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको हो ।
बिज्ञापन
आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ।
बिज्ञापन
यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।








