होमपेज > राहुघाट नदीमा तुँदी पावरका दुई जलविद्युत् आयोजना सञ्चालनमा, कुल उत्पादन ८४ मेगावाट

राहुघाट नदीमा तुँदी पावरका दुई जलविद्युत् आयोजना सञ्चालनमा, कुल उत्पादन ८४ मेगावाट

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

म्याग्दीको रघुगंगा गाउँपालिका हुँदै बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले निर्माण गरेका दुई जलविद्युत् आयोजना सञ्चालनमा आएका छन्। ‘रन अफ द रिभर’ प्रकृतिका यी आयोजनाले हाल विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।

बिज्ञापन

रघुगंगा गाउँपालिका४, ७ र ८ मा निर्माण भएका ३५.५ मेगावाट क्षमताको चिमखोलाराहुघाटमङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना एकैसाथ सञ्चालनमा आएका हुन्। दुवै आयोजना गरी कुल ८४ मेगावाट विद्युत् उत्पादन हुने क्षमता राख्दछन्।

कम्पनीका व्यवस्थापक पुष्प डाँगीका अनुसार चिमखोलाराहुघाटमङ्गले आयोजनाले साउन २० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ भने अपर राहुघाट आयोजना पनि अब व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरिसकेको छ।

बिज्ञापन

चार वर्षमा सम्पन्न भएका यी आयोजनाहरूको कुल लागत अनुमानित १३ अर्ब रुपैयाँ रहेको व्यवस्थापक डाँगीले जानकारी दिए।

अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडियो

यी आयोजना उत्पादन भएको विद्युत् रघुगंगा३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत अस्थायी रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो। ३९ वटा टावरमार्फत चिमखोलादेखि राहुघाटसम्म प्रसारण लाइन निर्माण गरिएको छ।

प्रविधि र संरचना

चिमखोलाराहुघाटमङ्गले आयोजनामा रघुगंगा८ बन्दीमा बाँध, ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडा पानी थिग्रयाउने पोखरी निर्माण गरिएको छ। बाँधबाट ५.३ किलोमिटर सुरुङ हुँदै पानी ल्याई ९५० मिटर लामो पेनस्टक पाइपबाट चिमखोलास्थित विद्युतगृहमा खसालिएको छ।

त्यसैगरी, अपर राहुघाट आयोजनाको सुरुङ ४,९०० मिटर लामो छ र ६८० मिटर पेनस्टक पाइपलाइन प्रयोग गरिएको छ। विद्युतगृह रघुगंगा४ दग्नामको फेदीमा निर्माण गरिएको हो।

निर्माणमा संलग्न कम्पनीहरू

इलेक्ट्रोमेकानिकल ठेकेदार: एभरेष्ट हाइड्रो

हाइड्रोमेकानिकल ठेकेदार: माछापुच्छ्रे मेटल एन्ड मेसिनरी

सिभिल ठेकेदार: रामेछाप शेर्पा कन्स्ट्रक्सन

सुरुङ निर्माण: साउथ एशियन इन्फ्रास्ट्रक्चर

अन्य आयोजनाहरू पनि उत्पादनमा

राहुघाटकै सहायक नदी ठूलोखोलामा २१.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना गत भदौदेखि व्यावसायिक उत्पादनमा छ। उक्त आयोजनाको विद्युत् प्रसारणका लागि १३२ केभी क्षमताको ८ किलोमिटर लामो लाइन निर्माण गरिएको छ, जुन २२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजनासँग साझेदारी गरेर बनाइएको हो।

त्यस्तै, चिमखोलाबाट तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन पनि ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोलाराहुघाटमङ्गले र अपर राहुघाट आयोजनाले संयुक्त रूपमा निर्माण गरेका हुन्।

थप आयोजना अन्तिम चरणमा

रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीका अनुसार राहुघाट बेसीनमा ४० मेगावाटको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माणको अन्तिम चरणमा छन्। यी दुवै आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते