बिज्ञापन
गत असोज महिनामा देशभरका मालपोत कार्यालयहरूले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन गरेका छन्।
बिज्ञापन
भदौ २३ र २४ गते सम्पन्न जेन-जी आन्दोलनका कारण देशभरका दुई दर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा प्रवाहमा अवरोध पुगेको थियो। त्यसैगरी चाडपर्व र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएपनि राजस्व संकलन सन्तोषजनक रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
विभागका अनुसार असोज महिनामा मात्रै विभिन्न शीर्षकमा निम्नानुसार राजस्व संकलन भएको छ:
बिज्ञापन
सेवा कर: रु २१ करोड ३० लाख ७५ हजार २६०
रजिस्ट्रेशन शुल्क: रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५
पुँजीगत लाभकर: रु एक अर्ब छ करोड १९ लाख ३५ हजार ५३७
चाबहिल मालपोत कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्दै रु २७ करोड ४२ लाख ९६ हजार २१० उठाएको छ। आन्दोलनका क्रममा क्षति पुगेको कलंकी मालपोत कार्यालयले भने रु ४१ लाख ५० हजार ३७१ मात्र राजस्व संकलन गरेको विभागले जनाएको छ।
त्यस्तै, अन्य मालपोत कार्यालयहरूको राजस्व संकलन यस्तो छ:
बुटवल: रु ५ करोड ३ लाख ५६ हजार ६३९
दमक, झापा: रु २ करोड ८६ लाख ४१ हजार ३९०
मनमैजु, काठमाडौं: रु ४ करोड ७७ लाख २३ हजार ३६१
राजस्व संकलनसँगै मालपोत कार्यालयहरूमा भएको कामको विवरण हेर्दा, असोजमा कूल २३ हजार ३५३ लिखत पारित भएका छन्। यस्तै,
नामसारी: २,४४२
रोक्का: २३,९१४
फुकुवा: १७,९३०
साथै, सो महिनामा ७९ हजार ७३९ वटा घरजग्गासम्बन्धी कारोबार भएका छन्।








