होमपेज > पछिल्ला दुई महिनामा सेयरधितो कर्जा ४ अर्ब ८९ करोडले बढ्यो

पछिल्ला दुई महिनामा सेयरधितो कर्जा ४ अर्ब ८९ करोडले बढ्यो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

वाणिज्य बैंकहरूबाट प्रवाह हुने सेयरधितो कर्जा (शेयर धितो राखेर लिइने ऋण) पछिल्ला महिनाहरूमा उल्लेख्य रूपमा बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा मात्रै ४ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार, २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले भदौ मसान्तसम्म कूल एक खर्ब २१ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह गरेका छन्। यो अघिल्लो आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्मको एक खर्ब १६ अर्ब ८० करोड ९५ लाख रुपैयाँभन्दा ४ अर्ब ८९ करोड रुपैयाँले बढी हो।

सबैभन्दा धेरै नबिल बैंक

बिज्ञापन

भदौ मसान्तसम्म सबैभन्दा बढी सेयरधितो कर्जा नबिल बैंकले प्रवाह गरेको छ। बैंकले १६ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ सेयरधितो कर्जा दिएको छ।

त्यसपछिका बैंकहरूको विवरण यसप्रकार छ:

ग्लोबल आइएमई बैंक: १३ अर्ब २६ करोड ९८ लाख
कुमारी बैंक: १० अर्ब ५३ करोड ६६ लाख
प्राइम कमर्सियल बैंक: ९ अर्ब ६१ करोड २६ लाखं
सिद्धार्थ बैंक: ९ अर्ब ३२ करोड ४१ लाख
लक्ष्मी सनराइज बैंक: ७ अर्ब ५९ करोड ९९ लाख
नेपाल बैंक: ७ अर्ब ३३ करोड ९६ लाख
सिटिजन्स बैंक इन्टरनेसनल: ६ अर्ब ७४ करोड ४४ लाख
राष्ट्रिय वाणिज्य बैंक: ६ अर्ब ४० करोड ६३ लाख
प्रभु बैंक: ६ अर्ब ३६ करोड ७८ लाख
कृषि विकास बैंक: ५ अर्ब ६२ करोड ४६ लाख

अन्य बैंकहरूको कर्जा प्रवाह

एभरेष्ट बैंक: ३ अर्ब ५९ करोड २ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ३ अर्ब ५३ करोड ५५ लाख
माछापुच्छ्रे बैंक: ३ अर्ब ३२ करोड ३३ लाख
सानिमा बैंक: ३ अर्ब २१ करोड ८७ लाख
हिमालयन बैंक: २ अर्ब ९८ करोड १० लाख
एनएमबी बैंक: २ अर्ब ८९ करोड ६६ लाख
एनआईसी एशिया बैंक: २ अर्ब ३० करोड ६३ लाख
नेपाल एसबिआई बैंक: ५९ करोड ६ लाख

बजारमा सुधारसँगै माग बढ्दै

पछिल्ला महिनाहरूमा सेयर बजारमा देखिएको सुधारसँगै लगानीकर्ताको मनोबल बढेको छ। शेयर किन्न र अन्य प्रयोजनमा कर्जा लिने प्रवृत्ति बढ्दै गएको विश्लेषण गरिन्छ। यसले बैंकहरूको कर्जा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार, सेयरधितो कर्जाको वृद्धिले पूँजी बजारमा तरलता बढाउन सहयोग पुर्याउने भए पनि जोखिम व्यवस्थापनमा चनाखो हुनुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते